च्वाईस नेपालको सहयोगमा विद्यालय निर्माण भवन हस्तान्तरण तथा बर्थिङ सेन्टर शिलान्यास

tejnewskhabar.com


रौतहट २५ गते : च्वाईस नेपाल आर्थिक सहयोगमा रौतहट जिल्लाको माधव नारायण नगरपालिका–मिठुअवा वडा नं. ५ मा रहेको अधुरो भवनलाई पूर्णता दिँदै श्री राधा कृष्ण मा.वि विद्यालयमा ६ कोठे भवन निर्माण सम्पन्न भएको छ।


विद्यालयका प्रधानाध्यापक उपेन्द्र प्रसाद जसवालका अनुसार उक्त भवन च्वाईस  नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको हो। साथै, नगर प्रमुख बैजनाथ प्रसाद यादव, कार्यकारी प्रमुख नगेन्द्र प्रसाद यादव , च्वाईस नेपाल प्रमुख प्रदिक शर्मा , पुर्व वडा अध्यक्ष शिव दयाल साह तथा अन्तर्राष्ट्रिय दाताहरूको विशेष सहयोगमा भवन निर्माण सम्पन्न भएको स्थानीय समाजसेवी नितेश कुमार गुप्ताले जानकारी दिनुभयो।


भवन निर्माण सम्पन्न भएपछि विद्यालयका प्रधानाध्यापकलाई साँचो हस्तान्तरण गरी औपचारिक रूपमा उद्घाटन गरिएको छ।


यसै क्रममा माधव नारायण स्वास्थ्य चौकीमा भैई र माथि ८  कोठा दुई तले बर्थिङ सेन्टर भवन निर्माण हुने भएको छ। उक्त भवनको शिलान्यास आज नगर प्रमुख यादब तथा अन्तर्राष्ट्रिय दाताहरूको उपस्थितिमा सम्पन्न गरिएको रौतहट संस्थाका फिल्डवर्कर प्रमुख सुकाराम दुलालले बताउनुभयो।


निर्माण हुन लागेको आधुनिक किसिमको बर्थिङ सेन्टर निर्माणका लागि स्थानीय समाजसेवी नितेश कुमार गुप्ताको विशेष पहल रहेको स्वास्थ्य चौकी प्रमुख रामसरे  यादवले जानकारी दिनुभयो।

प्रतिक्रिया