जनकपुरधाम, २२ पुस । नेपाल प्राइभेट हस्पिटल एशोसियन धनुषाको उपाध्यक्षमा हिरा यादव चयन भएका छन्। आइतबार जनकपुरधाममा सम्पन्न संगठनको बैठकबाट यादव सर्वसम्मत रूपमा उपाध्यक्षमा चयन भएका हुन्।
यादव जनकपुरधाममा सञ्चालित हिरा हेल्थकेयर हस्पिटलका सञ्चालक समेत हुन्। उनले आफ्नै लगानीमा स्थापना गरेको उक्त हस्पिटल पछिल्लो समय जनकपुरधाममा अत्याधुनिक स्वास्थ्य सेवाका लागि परिचित बन्दै गएको छ।
हिरा हेल्थकेयर हस्पिटलले विभिन्न रोगका बिरामीहरूलाई सहज, सरल र सुविधासम्पन्न सेवा प्रदान गर्दै आएको छ। उपाध्यक्षमा चयन भएपछि यादवले निजी स्वास्थ्य संस्थाको हकहित, संरक्षण र गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
२२ पुस २०८२, मङ्गलबार ०७:४१ मा प्रकाशित