काठमाण्डु २३ गते । मधेस प्रदेशबाट राष्ट्रियसभाका उम्मेदवारका रूपमा युवा नेता धर्मेन्द्र पसवान र नेपाली कांग्रेसका नेता रञ्जित कर्णको नाम सिफारिस गरिएको छ। प्रदेशस्तरीय राजनीतिक छलफल तथा दलहरूको आन्तरिक सहमतिपछि उनीहरूको नाम उम्मेदवारका रूपमा अघि सारिएको हो।
सिफारिससँगै मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनको राजनीतिक सरगर्मी बढेको छ। नेताहरूले दुवै उम्मेदवारले मधेसका मुद्दा, समावेशिता र विकासका सवाललाई राष्ट्रियस्तरमा प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको बताएका छन्।
निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम टुंगो मनोनयन दर्तापछि लाग्ने छ।
२३ पुस २०८२, बुधबार १२:१५ मा प्रकाशित