वीरगञ्जमा निषेधाज्ञा जारी, भेला–जुलुस–प्रदर्शनमा पूर्ण प्रतिबन्ध

tejnewskhabar.com

वीरगञ्ज, २१ पुस ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाभित्र निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मिति २०८२/०९/२१ गते बिहान ९ः०० बजेदेखि अर्को आदेश नभएसम्म वीरगञ्जका तोकिएका क्षेत्रहरूमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम जारी गरिएको उक्त आदेशअनुसार निषेधित क्षेत्रको पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म निषेधाज्ञा लागू हुनेछ।

प्रशासनले निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ। शान्ति सुरक्षा कायम राख्न आम नागरिकलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया