रौतहट–२ ‘क’ निर्वाचन क्षेत्रमा नितेश कुमार गुप्तालाई प्रदेश प्रतिनिधिको जिम्मेवारी, प्रचार–प्रसारमा दोहोरो भूमिका

tejnewskhabar.com

रौतहट, १८ माघ – नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले रौतहट जिल्ला निर्वाचन क्षेत्र नं. २ ‘क’ मा प्रदेश प्रतिनिधिको जिम्मेवारी नितेश कुमार गुप्तालाई सुम्पिएको छ। नितेश गुप्तालाई ३२ वटा निर्वाचन क्षेत्रको व्यापक प्रचार–प्रसार समन्वय गर्ने दोहोरो जिम्मेवारी पनि प्रदान गरिएको छ।

मधेस प्रदेश कार्यसमितिको माघ १० गतेको बैठकको निर्णयअनुसार, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवारी दिने फिर्दोष आलमको निर्वाचन तयारी र प्रचार–प्रसारमा नितेश गुप्ताले क्षेत्रीय समिति, वडा/पालिका समिति तथा शुभेच्छुक संघ–संस्थासँग समन्वय गर्दै काम गर्नेछन्।

प्रदेश कार्यसमिति सभापति कृष्ण प्रसाद यादवले पत्रमार्फत नितेश कुमार गुप्तालाई जिम्मेवारी सफलतापूर्वक पूरा गर्न शुभकामना दिएका छन्।

यसै क्रममा पार्टीका विभिन्न तहका कार्यकर्ता तथा स्थानीय नेताहरूले नितेश कुमार गुप्तालाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया