४० वर्ष नाघेकी अयोग्य शिक्षक नियुक्ति प्रकरण छानबिनमा, कारबाहीको माग

tejnewskhabar.com

काठमाडौं, पुस १३ : जिल्ला काठमाडौंको टोखा नगरपालिका–१० गोंगबुस्थित श्री मनोहर माध्यमिक विद्यालयमा तत्कालीन उच्च माध्यमिक विद्यालयको दरबन्दीमा प्रचलित कानून विपरीत शिक्षक नियुक्ति गरिएको विषयमा छानबिन अघि बढाइएको छ।

प्राप्त उजुरीअनुसार उमेरसम्बन्धी मापदण्ड विपरीत ४० वर्ष पूरा भइसकेकी कल्पना पनेरूलाई अयोग्य हुँदाहुँदै शिक्षक नियुक्ति गरिएको र उक्त नियुक्ति प्रक्रियामा गम्भीर कैफियत फेला परेको जनाइएको छ।

उजुरीमा स्थानीय तहले सो प्रकरणलाई ढाकछोप र सामसुम पार्न खोजेको, राज्यकोषबाट भुक्तानी भइसकेको रकममा समेत हिनामिना भएको आशंका हुँदाहुँदै कुनै कारबाही नहुनु चिन्ताजनक भएको उल्लेख छ।

छानबिनका क्रममा नियुक्ति प्रक्रिया, उमेरसम्बन्धी प्रमाण, निर्णय प्रक्रिया तथा भुक्तानी विवरणमा अनियमितता देखिएको स्रोतले जनाएको छ। उजुरीकर्ताले दोषीमाथि कानूनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।

सम्बन्धित निकायले घटनाको विस्तृत अनुसन्धान जारी रहेको र प्रमाणका आधारमा आवश्यक निर्णय लिइने जनाएको छ।



प्रतिक्रिया