विवादपछि मुख्यमन्त्री बानियाँको स्पष्टोक्ति: दुवै कार्यक्रममा व्यक्तिगत खर्चमै हेलिकप्टर प्रयोग

tejnewskhabar.com

काठमाडौँ १८ गते । बागमती प्रदेशका माननीय मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ हेलिकप्टर प्रयोगलाई लिएर सार्वजनिक रूपमा विवाद उत्पन्न भएपछि मुख्यमन्त्रीको सचिवालयले यसबारे स्पष्ट जानकारी दिएको छ।

सचिवालयका अनुसार मुख्यमन्त्री बानियाँ बिहान १७ गते  सिन्धुपाल्चोक जिल्लाको गुफा डाँडामा आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा तथा सिरहामा सम्पन्न पार्टीको कार्यक्रममा—जहाँ सिरहाका आदरणीय पार्टी सभापति रामचन्द्र यादवको औपचारिक निमन्त्रणामा सहभागी हुनुपर्ने थियो—एकै दिन सडक मार्गबाट दुवै स्थानमा उपस्थित हुन सम्भव नभएकाले हेलिकप्टर प्रयोग गर्नुभएको हो।

स्पष्टीकरणमा भनिएको छ कि मुख्यमन्त्रीज्यूले सरकारी स्रोत–साधनको दुरुपयोग नगरी नितान्त आफ्नै व्यक्तिगत खर्चमा हेलिकप्टर प्रयोग गरी दुवै कार्यक्रममा सहभागिता जनाउनुभएको हो।

सचिवालयले यस विषयमा भ्रामक प्रचार तथा गलत सूचनाको पछि नलाग्न सबैमा आग्रह गर्दै तथ्यमा आधारित जानकारी लिन अनुरोध गरेको छ।



प्रतिक्रिया