कांग्रेस महामन्त्री गगन थापाद्वारा विमलेन्द्र निधिप्रति भएको दुर्व्यवहारको निन्दा

tejnewskhabar.com

काठमाडौँ, २३ पुस – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज पार्टी कार्यालय बाहिर पूर्व उपसभापति बिमलेन्द्र निधिप्रति भएको व्यवहारलाई गलत र निन्दनीय ठहर गरेका छन्। उनले यो धारणा पार्टी महामन्त्री विश्वप्रकाश शर्माको भनाइसँग समान रहेको बताएका छन्।

महामन्त्री थापाले भनेका छन् कि "असल प्रजातन्त्रवादीले सत्यको अनेकता र फरक मत राख्नेको सम्मान गर्छ। यदि उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने त्यो झन् निन्दनीय छ।"

उनी थप्छन्, "म समग्र नेपाली कांग्रेसका शुभेच्छुक साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवर्तन चाहन्छौँ तर विधि, विधान र प्रक्रिया भन्दा बाहिर कुनै बाटो छैन। प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ।"



प्रतिक्रिया