नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक आज सम्पन्न, भोलि पुनः बस्ने

tejnewskhabar.com

ललितपुर १३ गते । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको छ।

बैठक पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको हो। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र पार्टी संगठनसम्बन्धी विषयमा छलफल भएको जनाइएको छ।

नेपाली कांग्रेसले भोलि अर्थात् २०८२ पुस १४ गते सोमबार बिहान ११ः०० बजे पुनः केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने जानकारी दिएको छ। उक्त बैठक पनि पार्टीको केन्द्रीय कार्यालयमै आयोजना हुनेछ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा पार्टी गतिविधि निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया