माधव नारायण नगरपालिकाको प्रशासकीय भवन पूर्ण, मेयर यादवद्वारा अनुगमन

tejnewskhabar.com

रौतहट १५ गते । रौतहट जिल्ला माधव नारायण नगरपालिकाको मेयर बैद्यनाथ प्रसाद यादव र कार्यकारी प्रमुख नगेन्द्र प्रसाद यादवको विशेष पहलमा नगरपालिकाको प्रशासकीय भवन पूर्णरूपमा तयारी भएको छ।


प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएसँगै मेयर बैद्यनाथ प्रसाद यादवले भवनको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मेयर यादवले कार्यालय व्यवस्थापन, सेवा प्रवाह र नागरिकमैत्री वातावरणलाई प्राथमिकता दिइएको बताउनुभयो।


नवनिर्मित प्रशासकीय भवन सञ्चालनमा आएपछि नगरपालिकाबाट प्रदान गरिने सेवाहरू अझ प्रभावकारी, छरितो र व्यवस्थित हुने विश्वास व्यक्त गरिएको छ।



प्रतिक्रिया